कञ्‍चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

कञ्‍चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
सुन्नुहोस्

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी १ हजार ८३० मतसहित अग्रस्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार धामी पछि नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ एक हजार ५१९ मतसहित दोस्रो स्थानमा छन् । यो क्षेत्रमा कूल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायम छ । सात हजार ३७२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदले दुई हजार २८० मत ल्याएका छन् ।

 एमालेका बचन बहादुर सिंहले एक हजार ११२ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार माधव पन्तले एक हजार ४०९ मत प्राप्त गरेका छन् । कञ्चनपुर २ मा ६४ हजार ८८१ मत खसेको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता दुई हजार १२२ मतसहित अग्रस्थानमा छन् । 

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ८८० मत ल्याएका छन् भने एमालेका दीपक प्रकाश भट्टले ९०६ मत प्राप्त गरेका छन् । नेकपाका मान बहादुर सुनार ५२७ मत प्राप्त गरेका छन् ।  यो क्षेत्रमा  कुल ५८ हजार ३६१ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.