नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै

अमेरिका : नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ। आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिबार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म सञ्चालन हुने जानकारी दिए।

अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको सम्वर्द्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पुर्‍याउँदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए। उनले भने, ‘त्यस बाहेक अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चिन्तन र विमर्श गर्न दुई दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ। यो सम्मेलन त्यसै सोचको निरन्तरता हो।’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि(बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए। उनले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा ४ दिनका लागि बुक गरिएको जानकारी दिए।

नेपाली र अंग्रेजी साहित्यका लेखकहरूको जमघट रहने सम्मेलनमा दुबै भाषाका स्रष्टाहरूका बीचमा साहित्यका विविध विषयमा छलफल हुने अनेसास बोर्ड अफ ट्रष्टिका सभापति विश्वकर्माले बताए। बीओटी सभापति विश्वकर्माले सम्मेलनमा नेपालभित्र रहेका विभिन्न भेग र भाषाका स्रष्टाहरुको समेत सहभागिता रहने बताए।

उनले सन् २००९ मा सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौं श्रृंखला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताए। दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौं श्रृंखला दुई वर्षअघि युरोपको पोर्चुगलमा सम्पन्न भएको उनले जानकारी दिए।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरू सहभागी हुने अनुमान गरिएको बताए। सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरूलाई आमन्त्रण गरिएको जानकारी दिँदै थुप्रै साहित्यकारहरूलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए।

अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ। अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसँगै विभिन्न ९ वटा उपसमिति गठन गरिएको जानकारी दिए।

उनले सम्मेलन आयोजनाका लागि आवश्यक बजेट विश्वका विभिन्न मुलुकका स्रष्टाहरूका साथै कोलाराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्था र सहयोगीहरुबाट जुट्ने विश्वास गरे। ‘हामीले सहयोगका लागि आग्रह गरेका विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सकारात्मक सहयोग र प्रतिक्रिया पाएका छौ, अधिकारीले भने, नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धन र विश्वव्यापीकरणका लागि अनेसासले आयोजना गरिरहेको सम्मेलन सबैको सहयोगले भव्य रूपले सफल हुने विश्वास छ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रकाशन समितिका संयोजक समेत रहेका अनेसास कोलोराडो च्याप्टरका महासचिव पुष्पराज पौडेलले सम्मेलनको अवसरमा अनेसासका गतिविधिका साथै विभिन्न स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरिएको स्मारिका प्रकाशन गर्न लागिएको जानकारी दिए। 

अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित पत्रकार सम्मेलनलाई क्यालिफोर्नियामा रहेका केन्द्रीय समितिका अध्यक्ष वाग्लेले जुम मार्फत सम्बोधन गरेका थिए। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरूमा छलफल र बहस हुनेछ। आयोजकले अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरूलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.