अवैध लागुऔषध ट्रामाडोल र नगदसहित २ जना पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल र नगदसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-२६ घर भइ काठमाडौं बस्ने २५ वर्षीय क्रिस श्रेष्ठ र नुवाकोटको लिखु गाउँपालिका-६ घर भइ काठमाडौंको नयाँबजार बस्ने २३ वर्षीय मनिस खत्री रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ४ हजार ३१२ क्याप्सुल ट्रामाडोल
२०० ग्राम गाँजा, २३ हजार ८ सय नगद र एउटा मोबाइल बरामद गरेको छ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !