सीईओ पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै,छुट्लान त आज ?

सीईओ पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै,छुट्लान त आज ?
सुन्नुहोस्

काठमाडौं :  नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासमा पेशी तोकिएको छ।

यसअघि बिहीबार न्यायाधीश अजीज मुसलमानको इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिनेबारे निर्णय गर्न दुवैपक्षलाई आज छलफलका लागि बोलाएको छ। दुवै पक्ष तर्फको बहस सकिए आजै आदेश आउने सम्भावना छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो। पक्राउ कानुनविपरीत भएको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमा पाण्डेको तत्काल रिहाइको माग गरिएको छ।

पाण्डे सीआईबीको नियन्त्रणमा छन्।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट मंगलबार राति करिब ८ बजे पक्राउ गरिएको थियो। स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.