ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ

ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ
फाइल फोटो
सुन्नुहोस्

सप्तरी : सप्तरीको खडक नगरपालिका–५ रंजितपुरबाट १४५ किलो गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विहीबार राति पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका–५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् । 

इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.