प्रतिबन्धको प्रतिरोध गर्ने घोषणा गर्दै विद्यार्थी संगठनको र्‍याली

प्रतिबन्धको प्रतिरोध गर्ने घोषणा गर्दै विद्यार्थी संगठनको र्‍याली
सुन्नुहोस्

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथिको प्रतिवन्धबिरुद्ध प्रतिरोध गर्ने घोषणा गर्दै ६२ औं विद्यार्थी दिवस मनाएको छ । विद्यार्थी दिवसका अवसरमा शुक्रबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसबाट प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पससम्म विरोध र्‍याली निकाल्दै संयुक्त विद्यार्थी संगठनले प्रतिवन्धबिरुद्ध प्रतिरोध गर्ने घोषणा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार तिम्रो बहादुरी लिपुलेकमा देखाउ’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’, ‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध र्‍​​यालीपछि आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले विद्यार्थीहरुको अधिकार कटौती गर्ने काम स्वीकार्य नहुने धारणा राखेका छन् ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मुलुकको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका अध्ययन गर्न सरकारलाई सुझाव दिए । विद्यार्थीहरुलाई बोल्न बन्देज लगाउन खोजिएको भन्दै यसबिरुद्ध सशक्त आवाज उठाउने उनले बताए । उनले बिगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै विद्यार्थी आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने समेत धारणा राखे ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.