ईभिसामा बेलायत पठाउने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र निर्माण, एक जनाबाटै ३१ लाख असुली

ईभिसामा बेलायत पठाउने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र निर्माण, एक जनाबाटै ३१ लाख असुली
सुन्नुहोस्

काठमाडौं : ईभिसामा बेलायत पठाउने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र निर्माण गरेर रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका-१० घर भइ हाल काठमाडौं- ६ बस्ने ४२ वर्षीय लोब्साङ शेर्पा र ३९ वर्षीय टासी शेर्पा रहेका छन्। उनीहरूले ५ जना पीडितबाट ३० लाख ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। 

शैक्षिक प्रमाणपत्रहरू नभएकाहरुलाई राष्ट्रिय परीक्षा बोर्डबाट प्रदान गरिने एसएलसी/एसईई, प्लस  तथा एनओसी लेटर लगायतका शैक्षिक प्रमाणपत्रहरू नक्कली बनाई दिने गरेको पाइएको छ। 

विदेश उड्ने दिनसम्ममा ६ लाख रुपैयाँ दिनुपर्ने र बाँकी रकम बेलायत पुगेपश्चात पाउने गरी चेक लिने गरेको उपरीक्षक रामेश्वर कार्कीले बताए।

कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.