स्थानीय तहले एक वर्षमा वितरणमै सके साढे ६३ करोड

स्थानीय तहले एक वर्षमा वितरणमै सके साढे ६३ करोड
सुन्नुहोस्

काठमाडौं : देशका २६५ स्थानीय तहले साढे ६३ करोड रुपैयाँभन्दा बढी रकम वितरणमा नै सकेका छन्। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत महशुल भुक्तानी, ह्याण्ड पम्प, साडी, कम्बललगायत सामान वितरण गरेर ६२ करोड ५० लाख ९० हजार खर्च गरेका हुन्। महालेखाले यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। 

यसैगरी चालु प्रकृतिको खर्च-पुँजी निर्माणमा योगदान नरहने तथा उत्पादनमा वृद्धि नगर्ने खर्चलाई नियन्त्रण गर्नुपर्नेमा पुँजीगत शीर्षकमा बजेट विनियोजन गरी चालु प्रकृतिका कार्यमा १०२ स्थानीय तहले ३५ करोड ५६ लाख २५ हजार खर्च गरेका देखिएको छ। महालेखाले पुँजीगत बजेटबाट चालु प्रकृतिका कार्यमा खर्च गर्ने कार्यमा पनि नियन्त्रण गर्नुपर्ने जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.