इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु, २ घाइते

इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु, २ घाइते
सुन्नुहोस्

रौतहट : सर्लाहीमा इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । हरिपुर नगरपालिका –५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर शुक्रबार साँझ तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भट्टाबाट इँटा निकाल्ने क्रममा माटो र इँटाको थुप्रो अचानक खसेर भएको दुर्घटनामा  पुरिएर सर्लाहीको गोडैता नगरपालिका –७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका –९ का ३५ वर्र्षीय शम्भु राउत र भारत लखेमपुर बस्ने ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राइले जानकारी दिए । सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इँटा भट्टामा घटना भएको हो ।

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका –७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । तुलसीको प्रादेशिक अस्पताल मलङ्गवा र सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाका बारेमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको डीएसपी राईले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.