९५ शैक्षिक 'कन्सल्टेन्सी'माथि प्रहरीको छापा, ६९ जना सञ्चालक पक्राउ

९५ शैक्षिक 'कन्सल्टेन्सी'माथि प्रहरीको छापा, ६९ जना सञ्चालक पक्राउ
सांकेतिक तस्विर
सुन्नुहोस्

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेकाे छ । साेही क्रममा ६९ जना सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विदेश पढ्न पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको थियो । 

प्रहरीका अनुसार कारबाहीमा परेका संस्थाहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित मापदण्डहरू पालना नगरेको पाइएको छ।

उनीहरुले कन्सल्टेन्सी दर्ता नगरी /नवीकरण नगराई सञ्चालन गरेको तथा सरकारबाट इजाजत नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्व तयारी कक्षाहरू सञ्चालन गर्नूका साथै उच्च शिक्षाका लागि विदेश पठाइदिने प्रलोभन देखाई नागरिकहरूलाई आर्थिक ठगी गरेको पाइएको हो । 

पक्राउ परेका ६९ जना सञ्चालकहरूमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जारी दिए । साथै उनले यस्तै शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका पीडितहरूलाई यथाशिघ्र टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेका छन् । 

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.