१० वर्ष पहिले खुला दिसामुक्त घोषणा, ४२ सय घरधुरीमा अझै छैन शौचालय

१० वर्ष पहिले खुला दिसामुक्त घोषणा, ४२ सय घरधुरीमा अझै छैन शौचालय
फाइल तस्बिर।
सुन्नुहोस्

सिरहा : लहान नगरपालिका २०७४ सालमै खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो। त्यतिबेला पालिकाहरू विस्तार भइरहेको थियो। यस नगरपालिकामा गाभिएका गाविसहरू पनि घोषणा भयो। तर, घोषणा भएको १० वर्ष पुग्न लाग्दा पनि अझै ४२०१ घरधुरीमा शौचालय नरहेको देखिएको छ।

६ महिना पहिले नगरपालिकाले स्वच्छता अभियानअन्तर्गत सर्वे गरेको थियो। त्यसमा नगरको २० हजार ५७७ घरधुरीमध्ये ४ हजार २०१ मा शौचालय नरहेको पाइएको छ। सबैभन्दा बढी दलित, मुसहर परिवारसँग आफ्नै शौचालय नभएको पाइएको छ। केही सम्पन्न घरपरिवारमा शौचालय छैन। यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिसामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन विशेष रणनीतिसहित अभियान सुरु गरिएको छ।

मेयर महेश चौधरीका अनुसार दलित जनकल्याण युवा क्लबसँग सहकार्य गर्दै मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण कार्यलाई तीव्रता दिएको छ। हालसम्म विभिन्न सुकुमवासी बस्तीमा ६ वटा सुविधा सम्पन्न सामुदायिक शौचालय निर्माण भई सञ्चालनमा आइसकेको र अन्य क्षेत्रमा विस्तार हुँदै जाने उनले बताए।

लहानलाई शतप्रतिशत शौचालययुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘जग्गा नभएर शौचालय बनाउन नसकेका विपन्न मुसहर परिवारका लागि ६ वटा आधुनिक सामुदायिक शौचालय बनाइसकेका छौं र अन्य ठाउँमा बनाउने क्रम जारी छ। लहानलाई खुला दिसामुक्त बनाउने यो अभियानलाई सम्पूर्ण नगरवासीले साझा अभियानका रूपमा सहयोग गर्न अपिल गर्छु।’

अभियानलाई प्रभावकारी बनाउन नगरमा एउटा, २४ वटै वडा र ८१ वटा टोलस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समिति गठन गरी काम सुरु गरिएको छ। यी समितिमा स्थानीय युवा र क्लबलाई सक्रिय बनाउँदै घरायसी सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन र पानीजन्य रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदैछ। अहिलेसम्म ३ सय ४६ घरधुरीमा शौचालय निर्माण भएको छ।

खानेपानी र सरसफाइ क्षेत्रमा सहकार्य गरिरहेको विकन परियोजनाका प्रबन्धक राजेश लोहनीले टोलस्तरमै समिति गठन गरेर युवालाई जिम्मेवारी दिइएको र यसले सरसफाइ बानी व्यवहारमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.