मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

झापा : झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ७६ वर्षीय वृद्ध धान्यप्रसाद दुलाल रहेका छन् । 

उनलाई चार दिनअघि मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते उनको उपचार क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा गए राति साढे ८ बजे मृत्यु भएको हो ।

गत बैशाख ३१ गते दिउँसो ३ः३० बजे कमल–२ समयगढस्थित भित्री सडक खण्डमा क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्र– १–०२–०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री दुलाललाई ठक्कर दिएको थियो । 

यता मोटरसाइकल चालक दमक नगरपालिका–४ का २४ वर्षीय प्रवीण ढुङ्गानालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.