दिउँसै लाल्टिन बालेर बार एशोसिएसनले गर्‍यो विरोध प्रदर्शन

दिउँसै लाल्टिन बालेर बार एशोसिएसनले गर्‍यो विरोध प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एशोसिएसनले लाल्टिन बालेर विरोध प्रदर्शन गरेको छ । संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारले दिउँसै लाल्टिन बालेर विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सबैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए ।

विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यसविरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्याय मार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ । यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले कडा आपत्ति जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.