काठमाडौंबाट दिल्ली उड्न लागेका थिए ३७ वटा राहदानीसहित पक्राउ परेका श्रेष्ठ
काठमाडौं : नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागे एकजना ३७ वटा राहदानीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका-१३ का ३८ वर्षीय अजित श्रेष्ठ रहेका छन्। कुनै पनि आधिकारिक स्वीकृती एवं पत्र नलिई रोमानियाको भिसा लगाउने भनेर ३७ थान नेपाली राहदानीसहित उनी त्यसतर्फ जान लागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए।
प्रतिक्रिया दिनुहोस !