धादिङमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको  टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ की ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी थाक्रे गाउँपालिका-२ बाह्रकिलामा बा ३ क २०६९ नम्बरको गाडी बा४ क ०६२७ नम्बरको गाडीमा ठोकिँदा चालकको मृत्यु भएको छ। 

मंगलबार बिहान भएको उक्त दुर्घटनामा हुँदा बा ३ क २०६९ नम्बरको गाडी चालक गजुरी गाउँपालिका-६ बस्ने २५ वर्षीय दिनेश भुजेलको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बा ४ क ०६२७ नम्बरको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.