रौतहटमा एकै रात तीन घरमा चोरी, १० लाख बढीको धनमाल गायव, चार जना पक्राउ

रौतहटमा एकै रात तीन घरमा चोरी, १० लाख बढीको धनमाल गायव, चार जना पक्राउ
तस्बिर : प्रिमेश सिवाकोटी
सुन्नुहोस्

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ स्थित टेंग्राहा गाउँमा गएराति तीन घरमा चोरी भएको छ । एकै पटक शृङ्खलाबद्ध रूपमा भएका यी चोरीका घटनाले गाउँमा त्रास फैलाएको छ भने स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न खडा गरिदिएको छ।

गाउँको ठूलो बलुवा टोलस्थित स्थानीय राजेन्द्र राय यादव को घरमा सुरुङ बनाएर चोरी गरिएको छ भने  घरबाट सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामान गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

त्यसैगरी सोही टोलका स्थानीय नन्द राय यादवको घरमा पनि सुरुङ बनाउने प्रयास गरिएको थियो । तर, घरधनी नसुतेको कारण चोरहरू चोरी गर्न सफल नभएको स्थानीयवासीले बताएका छन् ।

यस्तै गाउँकै सानो बलुवा टोलमा बसोबास गर्दै आएका जामुन ठाकुर हजाम को घरमा पनि चोरी भएको छ । घर निर्माणका लागि राखिएको नगद रकम, सुनचाँदीका गरगहना तथा अन्य सामग्री चोरी भएको परिवारजनले बताएका छन् । उक्त घरबाट पनि करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि स्थानीयवासीमा त्रास छ भने  ठूलो  पीडित परिवारले  सुरक्षाको अभावका कारण चोरीका घटना बढ्दै गएको गुनासो गरेका छन् ।प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

स्थानीयवासीले पछिल्लो समय गाउँ क्षेत्रमा प्रहरी गस्ती कमजोर हुँदा चोरीका घटनामा वृद्धि भएको आरोप लगाएका छन् । उनीहरूले रात्रीकालीन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा नियमित गस्ती बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीले भने घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.