प्रसाईंलाई पक्राउ गरेकोमा कारण देखाउ आदेश
काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
प्रसाईंलाई गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै अधिवक्ता आशिष लुइँटेलले मंगलबार रिट निवेदन दायर गरेका थिए । प्रहरीले सोमबार वीरगन्जबाट प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा पक्राउ गरेको थियो ।
सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयबाट बहस गर्ने सरकारी वकिल साथ अनुसन्धानसँग सम्बन्धित फायल पेस गर्नु भनी सम्बन्धित प्रहरी कार्यालयलाई लेखी तदनुरुप गर्न जानकारी दिन आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस !