के हुँदैछ प्रतिनिधिसभा बैठकमा ?(लाइभ)
काठमाडौं : प्रतिनिधिसभा सुरू भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने पस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
त्यस्तै राष्ट्रिय सभा विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तु गर्ने कार्यसूची छ । यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि विभिन्न प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !