वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा गोरखाका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, गोरखाका ३० वर्षीय दिपेश गुरूङ, गोरखाका २४ वर्षीय सौगात गुरूङ, पाँचथरका ४८ वर्षीय सुर्य प्रकाश खेजुम,  रामेछापका ३३ वर्षीय रमेश कुमार विश्वकर्मा र काभ्रेका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका छन्।

पक्राउमध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रूपैयाँ, सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनका अनुसार रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई काठमाडौं महानगरपालिका-१० बाट र शान्तिलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका-२६ बाट र सुर्यलाई ललितपुर गोदावरी नगरपालिका-२२ बाट मंगलबार पक्राउ गरेको हो।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.