न्यूयोर्कको सफोल्क काउन्टीले गर्‍यो नेपाली चेली ‘देवी प्रतिभा’ लाई सम्मान

न्यूयोर्कको सफोल्क काउन्टीले गर्‍यो नेपाली चेली ‘देवी प्रतिभा’ लाई सम्मान

अमेरिका : भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी नेपाली चेली देवी प्रतिभालाई अमेरिकाको न्यूयोर्क राज्यको सफोल्क काउन्टीले बिशेष सम्मान गरेको छ । 

हामी नेपाली इन्टरनेशनलको आयोजना रिभिल इभेन्ट्स आईएनसीको सहकार्यमा न्यूयोर्कको वड्साइडमा क्रियापुत्री भवन र गुम्बा निर्माण गर्न स्रोत जुटाउन लगाइएको श्रीमद्भागवतको समापनमा सफोल्क काउन्टीले बिशेष सम्मानपत्रसहित सम्मान गरेको हो । मे १५ देखि १७ सम्म सञ्चालन भएको श्रीमद्भागवतमा उनले कथा वाचन गरेकी थिइन् ।

 ‘सुश्री प्रतिभाले सनातन धर्मको लागि विश्वव्यापी राजदूतको रूपमा भूमिका निर्वाह गर्नुभएको छ र आफ्नो सुन्दर प्रस्तुति मार्फत विश्वभरका अनगिन्ती हिन्दू–सम्बद्ध संस्कृतिहरूलाई एकीकृत गर्नु भएको छ । देवी प्रतिभाले आफ्नो जीवनका धेरै वर्षहरू हिन्दू र नेपाली समुदायका लागि आध्यात्मिक प्रवचन, कथा र प्रेरक भाषणहरूका माध्यमबाट समर्पित गर्नु भएको छ । यी कार्यक्रमहरूले आध्यात्मिकता, संस्कृति, भक्ति र सकारात्मक ऊर्जालाई जोड्दछन्–जसले आस्था, धर्म र संस्कृतिका बाधाहरूलाई पार गर्दछ’ सफोल्क काउन्टी व्यवस्थापक सामुएल गोन्जालेजले हस्ताक्षर गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।’

देवी प्रतिभा कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहेकी छिन् । नेपालको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मेकी उनले भारतको बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन छिन् । गीत संगीतमा पनि निपूर्ण छिन् । प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउनसक्ने बिशेष कला छ ।

‘उहाँले यहाँ सम्मान पाउनु हामी सबै नेपालीले सम्मान पाउनु हो’, हामी नेपाली इन्टरनेशनलका केन्द्रिय अध्यक्ष नवराज केसीले भने, ‘उहाँले कथावाचन गरेको श्रीमद्भागवत भव्य बन्यो ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.