एसईईमा उत्तीर्ण विद्यार्थीहरू नगदसहित सम्मानित

एसईईमा उत्तीर्ण विद्यार्थीहरू नगदसहित सम्मानित

काभ्रे : बलबहादुर सूर्यकुमारी स्मृति प्रतिष्ठानले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। प्रतिष्ठानले पनौती नगरपालिका वडा नं. १, २ र ३ अन्तर्गतका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण भएका १ सय २८ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शिक्षा जीवनको बलियो आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सकारात्मक सोच र आत्मअनुशासनमा केन्द्रित हुन आग्रह गरे। उनले विद्यालयसँग जोडिएका आफ्ना पुराना अनुभवहरू स्मरण गर्दै शिक्षाको महत्व, सामाजिक उत्तरदायित्व तथा संस्थागत योगदानका विषयमा विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा कुशादेवी माध्यमिक विद्यालयकी छात्रा इभानी सापकोटा विशेष सम्मानित भएकी थिइन्। उनले एसईई परीक्षामा ३.९६ जीपीए प्राप्त गर्दै सामुदायिक विद्यालयतर्फ पनौती नगरपालिकाभित्र प्रथम स्थान हासिल गर्न सफल भएकी हुन्। उनको उत्कृष्ट उपलब्धिको सम्मानस्वरूप पनौती नगरपालिका वडा नं. २ ले समेत नगद १० हजार रुपैयाँसहित विशेष सम्मान गरेको थियो।

कार्यक्रममा सम्मानित विद्यालयहरूमा कुशादेवी माध्यमिक विद्यालय, लिलावती इन्टरनेशनल एकेडेमी, न्युराइजिङ इङ्गलिस स्कुल, भालचन्द्र माध्यमिक विद्यालय तथा शान्ति निकेतन माध्यमिक विद्यालय रहेका थिए। ती विद्यालयहरूबाट एसईई परीक्षा उत्तीर्ण गरेका कुल १ सय २८ विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.