मुगु कर्णालीमा खेल्ने क्रममा दुई बालबालिका बेपत्ता

मुगु कर्णालीमा खेल्ने क्रममा दुई बालबालिका बेपत्ता
सांकेतिक तस्बिर
सुन्नुहोस्

 मुगु : जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार  बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता  भएका हुन ।

बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको  जिल्ला प्रहरी कार्यालयले जानकारी  दिएको हो ।

शुक्रबार  ६ः५० बजेतिर नदी किनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीले बगाएको स्थानीयवासीले बताएका छन् ।  घटनाबारे  शुक्रबार साँझ ७ः३० बजे यार्सा संकलन सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि  निरीक्षक रावलको कमाण्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको छ ।

यसैगरी, अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमाण्डमा थप ५ जनाको टोली घटनास्थालतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्त स्थान अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट करिब २ घण्टा ३० मिनेट पैदल दूरी पूर्वतर्फ पर्दछ । हाल बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.