फिर्केखोला क्षेत्रमा चल्यो महानगरको डोजर

फिर्केखोला क्षेत्रमा चल्यो महानगरको डोजर

पोखरा : पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) क्षेत्रभित्र बनेका संरचना हटाउन डोजर चलाउन थालेको छ । वर्षौंदेखि विवादमा रहेको फिर्केखोला क्षेत्रको संरचना हटाउएर महानगरले आजबाट डोजर चलाउन थालेको हो ।

nullपोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका तीन ठाउँबाट एकै पटक डोजर चलाइएको हो । पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्के खोलामाथिका संरचनामा डोजर लगाइएको छ । अर्को डोजरले वडा नम्बर २ र १८ को सीमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने जनाइएको छ ।

nullअर्को डोजरले वडा नम्बर ४ र ५ को सीमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने छ । २०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाउन लागिएको हो । प्रतिवेदनअनुसार खोला घरभित्र १६० वटा संरचना पर्छन् । 

फेवातालमा मिसिने फिर्केखो खोलाघर मिचेर बस्ती बस्न थालेपछि घरका फोहोर पानी र बजारको ढलका कारण फेवाताल प्रदूषणको चपेटामा परेको छ। फेवातालमा मिसिने फिर्केखोलामा जथाभावी फोहार फ्याँकिदा ताल प्रदूषणको चपेटामा पर्दै गएको हो ।  प्लाष्टिक जन्य फोहोर र माटो गेगर समेत फिर्के खोला हुँदै पोखरा ६ र १७ नम्बर वडाको गाईघाट स्थित तालमा मिसिदा ११ रोपनी बढी ताल क्षेत्र चौरमा परिणत भएको पोखरा महानगरपालिकाले जनाएको छ।  प्राविधिक समितिले खोलाको प्राविधिक सिमांकन पश्यात खोलाघर छुट्याउन  २०८० भदौ २ गते ५८८ वटा सिमा स्तम्भ गाडेको थियो । सीमास्तम्भ गाडेपछि  २०८० कात्तिक १० गते महानगरपालिकाले खोला घर भित्रका संरचना  हटाउन ३५ दिने सूचना जारी गरेको थियो । यस अघि सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो। 

उच्च अदालतले महानगरपालिकाको सूचनाउपर उत्प्रेषण रपरमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानरपालिकालाई अतिक्रमण हटाउन कानुनी बाटो खुलेको थियो ।  फिर्खेखोला पोखरा महानगरपालिकाको वडा नम्बर १८ बाट सुरु भएर वडा नम्बर २, ४, ५, ७, ८, ६ र १७ नम्बर हुँदै फेवातालमा पुगेर टुँगिन्छ । खोला अतिक्रमणका र प्रदूषणका कारण खोलाको जैविक विविधतामा पनि असर परेको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड ६ मिटर कायम गरेको छ । मापदण्ड कायम गर्दा अझै धेरै संरचना हटाउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.