श्वास रहेसम्म दाइजोविरुद्ध लडिरहेने छु : उपसभामुख ठाकुर

श्वास रहेसम्म दाइजोविरुद्ध लडिरहेने छु : उपसभामुख ठाकुर
सुन्नुहोस्

मलंगवा :  उपसभामुख रुबिकुमारी ठाकुरले श्वास रहेसम्म दाइजोविरुद्धको लडाई लडिरहने बताएकी छिन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बाल विवाह एवं दाइजो प्रथा उन्मुलनका लागि बृहत सभामा उपसभामुख ठाकुरले छोरा सरह छोरीलाई व्यवहार गरे समाजबाट दाइजो प्रथाको अन्त्य हुने बताएकी छिन् । दाइजोका कारण मधेशमा अहिले छोरीको गर्भमै हत्या हुने गरेको बताइन् । उनले कतिपय छोरी–बुहारी दाइजोकै कारण मारिएको पनि बताएकी छिन् ।

‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं छोरी बचाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा ठाकुरले खास गरेर मधेशमा दाइजो प्रथाले जरो गाडेको बताएकी छिन् । अहिले यसको प्रभाव नेपालभरी नै फैलिएको ठाकुरले बताएकी छिन् । मधेशमा क्यान्सर सरह दाइजो प्रथा फैलिएको छ । कुरामा होइन व्यवहारमा परिवर्तन नभएसम्म दाइजो प्रथाको अन्त्य नहुने ठाकुरले बताइन् । उनले भनिन्, ‘छोरा सरह छोरीमाथि विश्वास गर्न जरुरी छ। छोरा सरह छोरीलाई पनि शिक्षा दिएर सशक्त बनाउन अहिलेको आवश्यकता छ । आमा–बुबाले जसरी आफ्नो छोरीलाई माया गर्छ, त्यसरी नै बुहारीलाई सम्मान गर्नुपर्छ ।’ 

null

‘कतिपय आमा–बुबाले छोरीलाई श्रापको रुपमा लिने गरेको छ । मधेश मात्र होइन्, सिङ्गो नेपाल परिवर्तन हुन जरुरी छ । आज थुप्रै छोरीहरु छोरा सरह आमाबुबाको सपना सकार पारेको छ । छोरीलाई अभिषापको रुपमा होइन बरदानको रुपमा अगाडि बढाउन जरुरी छ’, उनले भनिन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सर्लाही क्षेत्र नं.१ की प्रतिनिधि सभा सदस्य नितिमा भण्डारी कार्कीले छोरीहरुलाई बचाउन आमा तथा युवाहरुलाई लाग्नु पर्ने बताएकी छिन् ।

उनले दाइजो प्रथा अन्त्य भए मात्र छोरी जीवन जोगिने बताइन् । उनले भनिन्, ‘चेतना, सोच र कानुनी प्राबधान छ । तर, त्यो व्यवहारमा लागु नहुदाँ हजारौं छोरीको जीवन कष्टकर बनेको छ ।’ दाइजोकै कारण कतिपय बुहारीले आफ्नो सासु ससुरालाई हेला गर्ने गरेको कार्कीले बताइन् । छोरीलाई पढाईमा अगाडि बढाउन जरुरी छ । दाइजोको बिरुद्ध गाउँघरमा आमा समूह बनाएर प्रतिकार्य गर्न जरुरी रहेको कार्कीले बताइन् । समाजबाट यस्ता विकृती नहटे देश अगाडी नबढने कार्कीले बताइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले छोरीलाई २० वर्ष पुरा गराइ विवाह गर्ने अभिभावकलाई सम्मान समेत गरेको थियो । गाउँपालिकाले विगत ४ वर्षदेखि १२ कक्षा अध्यापन गराएर २० वर्ष पुरा गरी विवाह गर्ने छोरीलाई ५० हजार उपहार दिदैं आएको छ । १२ सम्म अध्ययन गरी स्नातक पढ्ने छोरीलाई  ११ हजार रुपैया समेत दिने गरेको छ । अहिलेसम्म पालिकाले १५७ छोरीलाई ५० हजार र एक ९७ छोरीलाई ११ हजार रुपैंयाँ दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.