बागमती नदीमा बेपत्ता पाँच युवामध्ये दुई जना मृत भेटिए
रौतहट : बागमती नदीमा बेपत्ता भएका पाँच युवामध्ये दुई जनाको शव भेटिएको छ । बेपत्तामध्ये लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतोलाई आइतबार मृत भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले जनाएको छ ।
रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै र गणेशको शव पनि बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !