लागुऔषधविरुद्धको महाअभियान: टिकटक प्रतियोगितादेखि ९ बुँदे प्रतिबद्धतासम्म

लागुऔषधविरुद्धको महाअभियान: टिकटक प्रतियोगितादेखि ९ बुँदे प्रतिबद्धतासम्म
सुन्नुहोस्

विराटनगर : बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्दै युवापुस्तालाई कुलतबाट जोगाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागुऔषधविरुद्धको महाअभियान (मेगा क्यान,२०८३) को औपचारिक शुभारम्भ गरेको छ। 

विराटनगरबाट सुरु गरिएको अभियानलाई समाजका सबै तह र तप्काको सहभागितामार्फत प्रभावकारी बनाइने प्रहरीले जनाएको छ। अभियान मोरङका १७ वटै पालिकामा विस्तार गरिने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अभियानको पहिलो चरणअन्तर्गत आइतबार बिहान विराटनगरमा विशाल प्रभातफेरी निकालिएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य सहभागीले लागुऔषध नियन्त्रणका लागि तयार गरिएको ९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। 

यसैबीच, अभियानलाई युवामाझ प्रभावकारी बनाउन मोरङ प्रहरीले ‘लागुऔषधविरुद्ध टिकटक भिडियो प्रतियोगिता’ पनि घोषणा गरेको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लक्षित गर्दै युवाहरूलाई सचेतनामूलक अभियानमा जोड्न प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी हुन चाहनेहरूले ‘बढ्दो लागुऔषधविरुद्ध एकजुट होऔँ’ भन्ने मूल सन्देशमा आधारित भिडियो तयार गर्नुपर्नेछ। आइतबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत जेठ मसान्तसम्म भिडियो पठाउन सकिनेछ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौं हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। 

सहभागीहरूले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङले तोकेको आधिकारिक सम्पर्क माध्यम वा प्लेटफर्ममार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ। मोरङ प्रहरीले अभियानलाई दीर्घकालीन सामाजिक आन्दोलनका रूपमा अघि बढाउने जनाएको छ। प्रहरीले लागुऔषध नियन्त्रणमा कानुनी कारबाही मात्रै पर्याप्त नहुने भएकाले जनचेतना, पारिवारिक निगरानी, सामुदायिक सहकार्य र युवामाझ सकारात्मक सन्देश प्रवाहलाई प्राथमिकतामा राखिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.