७ वटा स्पा तथा मसाज सेन्टरमा प्रहरीको छापा, ३ युवती पक्राउ
झापा : झापाको बिर्तामोडमा सञ्चालित ७ वटा स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेर तीनजना युवतीलाई पक्राउ गरेको छ। बिर्तामोडका स्पा तथा मसाज सेन्टरहरू यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले आइतबार छापा मारेको हो।
प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ स्थित भाटभटेनी नजिक रहेको कोहिनुर, सोही वडाको होटेल आनन्द एन्ड स्पा, बिर्तामोड–५ स्थित हनुमान कम्प्लेक्समा रहेको नेचर युनीसेक्स सैलुन एन्ड स्पा, सोही वडाको मेघा कम्प्लेक्समा रहेको वारियर स्पा, मेघा कम्प्लेक्समै रहेको द अब्सुलोटे प्रोफेसनल स्पा एन्ड सैलुन र बिर्तामोड–५ कृषि थोक रोडमा रहेको कर्मा स्पामा छापा मारेको हो।
ती स्पाहरूमा छापा मार्दा कर्मा स्पाका सञ्चालिकासहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले जानकारी दिए। कर्मा स्पा सेन्टरमा शंकास्पद गतिविधि भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए।
दुई दिनअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको कमाण्ड सम्हालेका डीएसपी पाठकले सामाजिक विकृतिविरुद्ध आएलगतै एक्सनमा उत्रिएका हुन्। प्रहरी स्रोतका अनुसार बिर्तामोडका स्पाहरूमा हेप्पी इन्डिङका नाममा यौन क्रियाकलाप गराउँदै आएको बताए। मसाज गराउनका लागि आउने पुरुष ग्राहकहरूले मसाज गरिसकेपछि स्पामा रहेका युवतीहरूलाई आफ्ना यौन अङ्गलाई हस्त मैथुन र मुख मैथुन गराउने गरेका छन्। जसलाई हेप्पी इन्डिङ भन्ने गरिएको छ।
प्रहरीको तथ्यांक अनुसार बिर्तामोडमा ९ वटा स्पा रहेका छन्। त्यसबाहेक लुकिछिपी स्पा चलाउनेहरू पनि छन्। मसाज गरिदिए बापत बिर्तामोडका स्पाहरूले एक हजारदेखि २ हजार पाँच सयसम्म सेवा शुल्क लिने गरेका छन्। हेप्पी इन्डिङका लागि भने अलग्गै खर्च गर्नुपर्छ। काम गर्ने युवतीहरूलाई पाँच सयदेखि हजार रुपैयाँसम्म टिप्स दिएपछि उनीहरूले हेप्पी इन्डिङ गरिदिने गरेको प्रहरी स्रोतको दाबी छ।
प्रतिक्रिया दिनुहोस !