भक्तपुरमा राइफलको गोलीसहित एक युवक पक्राउ
भक्तपुर : भक्तपुरमा राइफलको गोलीसहित एक युवक पक्राउ परेका छन्। २० वर्षीय सुमित त्यातलाई प्रहरीले पक्राउ गरेको हो।
भक्तपुर नगरपालिका-२ निवासी त्यातकोसाथबाट ३०३ राइफलको १ राउण्ड गोली र लागू औषध ट्रामाडोल १ पत्ता पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए।
प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी जबेगुले बताए ।
प्रतिक्रिया दिनुहोस !