४३ हजार अमेरिकी डलर लिएर रसुवा जाँदै गरेका एकजना पक्राउ

४३ हजार अमेरिकी डलर लिएर रसुवा जाँदै गरेका एकजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : ४३ हजार अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  धादिङको गंगाजमुना गाउँपालिका-५ का ३७ वर्षीय सुशील गुरुङ रहेका छन्। 

रसुवाको उत्तरगया गाउँपालिका-५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडक खण्डमा प्रहरीले नियमित सवारी साधनहरू चेकजाँच गर्ने क्रममा काठमाडौंबाट टिमुरे जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं. को यात्रुबाहक बसबाट उनलाई पक्राउ गरेको हो। 

उनको साथबाट १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा, १० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा अमेरिकी डलर  फेला परेको थियो। 

पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.