सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन
मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध (तस्बिर)
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका -३ कालापानीमा डिभिजन वन कार्यालयको गाडी जलाइएको छ । गएराती १२ बजे वन कार्यालयका कर्मचारीको गाडी जलाएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले जानकारी दिए । 
कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सोमबार साँझ सूचना जारी गर्न वन कर्मचारीहरू आएको भन्दै स्थानीयहरूले राति १२ बजेसम्म उनीहरूलाई नियन्त्रणमा राखेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनताको नियन्त्रणमा रहेको सब डिभिजन वन कार्यालय गढन्ताका वन अधिकृत स्वेता झाको नेतृत्वमा गएको सात जना टोलीलाई उद्धार गरेको हो । स्थानीयले विपि राजमार्ग जाम गर्दै वनका कर्मचारीलाई नियन्त्रणमा राखेका थिए । 
राजाबास, कालापनी, वरडाडासही महोत्तरीमा १ हजार १ सय हेक्टर वनको जग्गा अतिक्रम गरि घर, टहरा र खेतीपाती गरिएको डिभिजन प्रमुख मिश्रले जनाए ।
आज बिहानैबाट उक्त क्षेत्रमा स्थानीयले सडक अवरुद्ध गरेका छन्।



प्रतिक्रिया दिनुहोस !