लाप्राकका युक्त गुरुङले गरे १० औं पटक सगरमाथा आरोहण

लाप्राकका युक्त गुरुङले गरे १० औं पटक सगरमाथा आरोहण
सुन्नुहोस्

गोरखा : दुर्गम गाउँ लाप्राकका पुरबहादुर गुरुङ (युक्त) दशौं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । धार्चे गाउँपालिका–४ लाप्राकका पुरबहादुर गुरुङ (युक्त) ले पछिल्लो पटक मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका हुन् ।

१० पटकसम्म सगरमाथा आरोहण गरेपछि उनी शेर्पा समुदाय बाहेक सबैभन्दा धेरै पटक सगरमाथा शिखरमा पुग्ने आरोही बन्न सफल भएका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक युक्त गुरुङले अघिल्लो बर्षको मे १९ देखि यो बर्षको मे २० सम्म तीन पटकसम्म सगरमाथा आरोहण गरेका छन् । २०२५ को मे १९, अक्टुबर १५ र २०२६ को मे २० मा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

गुरुङ गण्डकी अल्पाइन क्लवका कोषाध्यक्ष समेत हुन् । उनले सन् १०११ देखि सगरमाथाको सफल आरोहण गर्न सुरु गरेका हुन् । त्यसयता उनले सन् २०१७ मा, २०१८ मा, २०१९ मा २०२२ मा दुई पटक, २०२४ मा पनि सफल आरोहण गरिसकेका छन् । यो बर्ष उनले एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीन हिमाल आरोहण गरेका छन् ।  अप्रिल १८ मा अन्नपूर्ण १, मे २० मा सगरमाथा र मे २१ मा ल्होत्सेको सफल आरोहण गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.