चार दिनदेखि हराइरहेकी महिलाको शव काँसघारीमा भेटियो

चार दिनदेखि हराइरहेकी महिलाको शव काँसघारीमा भेटियो
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक जना महिलाको शव मंगलबार बिहान बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा शव देखेपछि स्थानीयले बिहान करिब ७ः४० बजे प्रहरीलाई खबर गरेका थिए । राँगा चराउन गएका बेला स्थानीयले खोला किनारमा शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी श्रेष्ठका अनुसार शव सुन्निएको र घोप्टो परेको अवस्थामा फेला परेको हो । प्रारम्भिक रूपमा शवको सनाखत उनले लगाएको कपडाको आधारमा श्रीमान दिलबहादुर लिम्बूले गरेका हुन् । 

सविता उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनी गत जेठ ९ गते शनिबार बिहान करिब ९ बजेतिर परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएकी थिइन् । त्यसयता परिवारसँग सम्पर्कविहीन रहेकी उनको खोजी भइरहेको थियो ।

घटनाका बारेमा मृतकका माइती पक्षलाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ । तेह्रथुममा रहेका माइती पक्ष घटनास्थलतर्फ आउँदै रहेकाले उनीहरू नआउँदासम्म शव नचलाउन आग्रह गरिएको छ ।

माइती पक्ष आइपुगेपछि मात्रै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठका अनुसार हालसम्म महिलाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको प्रकृति, शवको अवस्था र अन्य पक्षका बारेमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थल उर्लाबारी चोकबाट करिब ७ किलोमिटर उत्तर–पश्चिममा पर्छ । विस्तृतमा अनुसन्धान गरिएपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.