हिरासतमा मृत्यु प्रकरणमा १० जना प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस

हिरासतमा मृत्यु प्रकरणमा १० जना प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस
सुन्नुहोस्

काठमाडौं :  इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ। 

हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो।     जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ। 

साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ। कुनै पनि असामान्य गतिविधि तुरुन्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषतः अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुझाव दिएको छ। 

यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्यांकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.