वीरगन्जका मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्जका मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहविरुद्ध परेका चार वटा मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनका अनुसार मेयर सिंह, सिन्धुपलान्चोकको इन्द्रवाती नगरपालिकाकी ४२ वर्षीया रिता भट्टराई र वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन पन्जिकाधिकारी वीरगन्ज–१५ निवासी ६१ वर्षीया भिखारी रायविरुद्ध पर्सा जिल्ला अदालतले पक्रा पुर्जी जारी गरेको हो। 

यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पनि मेयर सिंहसहित तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताए। पर्सा जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको भन्दै उनले पक्राउ पुर्जी जारी प्राप्त भएलगत्तै मेयर सिंहसहित तीन जनालाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भइसकेको जानकारीपनि दिए। 

मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखित सम्बन्धी कसुर गरेको आरोपमा दायर मुद्दामा पक्राउ पुर्जी जारी गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ। जबकी मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन्। 

सरकारी वकिलको कार्यालयका अनुसार वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए। त्यही उजुरीका आधारमा मेयर सिंह विरुद्ध चार वटा मुद्दा परेकोमा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको श्रेस्तेदार मल्लिकले बताए। 

लिखित सम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.