हावाहुरीको कहर : बिद्युत र भौतिक संरचनामा क्षति, महिलाको मृत्यु

हावाहुरीको कहर : बिद्युत र भौतिक संरचनामा क्षति, महिलाको मृत्यु
सुन्नुहोस्

रौतहट : रौतहटमा सोमबार र आइतबार आएको हावाहुरीका कारण घर ढल्दा च्यापिएर वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा गढी टोलमा एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको ढल्दा स्थानीय  ३५ बर्षीया फूलकुमारी यादव घाइते हुन पुगिन् र उनको उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

बालबच्चाको बिचल्ली

घर भत्किएर आमाको मृत्युपछि चार सन्तानको बिचल्ली भएको छ । न त खाना छ, न त लगाउने कपडा अनि बास ।  अहिले बालबच्चा त्रिपालमुनि बसेका छ्न । उनीहरु बिचल्लीमा परेका छन् । यसैबीच हावाहुरी पीडित परिवारलाई सशस्त्र प्रहरीले सहयोग गरेको छ ।

nullबृन्दावन नगरपालिका-७ धमौरा, गढी टोलका बलिराम यादवको घर भत्किँदा श्रीमती फूलकुमारी यादवको  समेत मृत्यु हुन पुग्दा बालबच्चाको बिचल्ली भएपछि सशस्त्र प्रहरी नेपाल सुरक्षा बेस क्याम्पको टोलीले लत्ताकपडा र खाधान्न सहयोग गरेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।  उता, हावाहुरीले कृषि बालीदेखि अन्य भौतीक संरचनामा क्षति पुर्‍याएपछि जिल्ला प्रशासन कार्यालयले लगत संकलन गर्न स्थानीय तहदेखि जिल्ला बिपद समितिलाई अघि सार्दै क्षतिको विवरण संकलनको कार्य अघि बढाएको जनाएको छ ।  

हावाहुरीले विद्युतीय संरचना क्षति
नेपाल विधुत प्राधिकरण गौर शाखा अन्तर्गत विद्युतीय पोल र ट्रान्सफर्मरमा व्यापक क्षति भएको छ । सोमबार राति आएको हावाहुरीका कारण करिब ३० लाखको क्षति पुगेको र विद्युत आपूर्तिमा समस्या आएको गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर धिरेन्द्रकुमार यादवले जानकारी दिए । हावाहुरीका कारण रौतहटको जिंगडिया पेट्रोल पम्पदेखि बिर्ता चौक आसपास क्षेत्रमा रहेको चपुर–गौर ३३ केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण शाखाका प्रमुख इन्जिनियर यादवका अनुसार २ वटा २ सय केभीको ट्रान्सफर्मर, २१ थान ११ मिटरका पोल र ९ थान ९ मिटरका पोलमा क्षति पुगेको छ । 

प्राधिकरणले विद्युत लाइन मर्मतका लागि प्राविधिक कर्मचारीहरू फिल्डमा खटिसकेको जनाएको छ । क्षतिग्रस्त पोल तथा तार मर्मत सम्पन्न हुन केही दिन लाग्ने भएकाले विद्युत सेवा पुनः निर्वाध रुपमा सञ्चालन हुने बताए ।  हावाहुरीबाट विद्युत संरचनामा ठूलो क्षति पुगेकाले गौर, गरुडा, चन्द्रपुर, मौलापुर लगायतका पालिका तथा आसपासका क्षेत्रमा विद्युत अवरोध हुन प्राधिकरण शाखाले जनाएको छ ।  विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारणलाई दैनिक कामकाजमा समस्या भएको छ भने  प्राधिकरणले मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाउँदै सेवाग्राहीलाई धैर्य गर्न आग्रह समेत गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.