सरकारसँग एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात

सरकारसँग  एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको वैठकको शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री चौधरीले चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराएकी छिन् । उनले सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको समेत जानकारी गराएकी छिन् । गोदाममा भण्डारण रहेको र नेपालमा आयात हुँदै गरेको गरेर हाल एक लाख  ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।

चालु आर्थिक वर्षको असारसम्म कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने समेत मन्त्री चौधरीले जानकारी गराएकी छिन् । उनले यो अहिलेसम्मकै बढी परिमाण समेत हुने दावी गरिन् । मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको समेत मन्त्री चौधरीले बताएकी छिन् ।

यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको पनि मन्त्री चौधरीले बताएकी छिन् । उनले अझै एक लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकिरहेको पनि जानकारी गराइन् । यस वर्षको धान रोपाइको समयमा मलको अभाव नहोस भनेर मन्त्रालयको विशेष ध्यानाकर्णष भएको समेत बताइन् । उनले मल आपूर्तिका लागि सम्झौता भएका कम्पनीहरुलाई आपूर्तिमा समस्या नआओस् भनेर पटक–पटक ताकेता समेत गरिरहेको बताइन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.