बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  यात्रुबाहक बसको ठक्करबाट  मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको भए हो । मृतक अन्दाजी २२–२३ बर्षको रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको कमाण्डमा ९ जना र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापा मगरको कमाण्डमा १० जनाको टोलीले उद्धारमा खटिएको थियो ।  

चन्द्रपुर नगरपालिका जुडिबेलास्थित पूर्व पश्चिम लोकमार्गको पूर्वी लच्का नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए । दुबै सवारी र बस चालक जिल्ला मकवानपुर गढी गाउँपालिका–३ बस्ने अन्दाजी बर्ष ५९ को लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई ईप्रका चपुरमा र शव सरकारी अस्पताल चन्द्रनिगाहपुरा राखिएको राईले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.