घण्टाघरस्थित कश्मीरी मस्जिदमा बकर इद मनाइँदै (तस्बिर)

घण्टाघरस्थित कश्मीरी मस्जिदमा बकर इद मनाइँदै (तस्बिर)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि उनीहरुले एकापसमा शुभकामना आदानप्रदान गर्ने गरेका छन्।null

यस अवसरमा नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।  

पर्वका अवसरमा मक्कामदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् । 

परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।
 
 मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । मुस्लिम आयोगका कावाअध्यक्ष महमदिन अलीका अनुसार बकर इद मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीक हो। गृह मन्त्रालयले बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। पर्वको अवसरमा काठमाडौंको घण्टाघरस्थित कश्मीरी मस्जिदमा बिहानैदेखि मुस्लिम समुदायका मानिसहरूको ठूलो भीड लागेको थियो। 

हेर्नुहोस् तस्बिर nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.