'चलचित्र व्यापार होइन संस्कृति हो'

 'चलचित्र व्यापार होइन संस्कृति हो'

काठमाडौं: सरकारले सहयोग नगरे चलचित्र क्षेत्रको विकास हुन कठिन हुने इजरायली चलचित्र निर्देशक डान वुलम्यानले बताएका छन्।

राजधानीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक वुलम्यानले सरकारको सहयोगकै कारण ८० लाख जनसंख्या भएको इजरायली चलचित्र विश्वप्रसिद्ध भएको जानकारी दिए।'इजरायल नयाँ देश हो, यसको चलचित्र उद्योग पनि नयाँ हो', उनले भने, 'कुनै समयमा हिब्रु भाषा बोल्ने मानिस पाउन गाह्रो हुन्थ्यो।तर अहिले चलचित्र उद्योगले भाषा संरक्षण गर्न पनि सघाएको छ।'

इजरायली सरकारको संस्कृति मन्त्रालयले मौलिक संस्कृति जोगाउन रंगमञ्च, अपेरा र चलचित्र उद्योगलाई सहयोग गरेको उनले जानकारी दिए।'सामान्य र आफ्नै परिवारको कथाबाट पनि राम्रो चलचित्र बनाउन सकिन्छ,' उनले भने, 'चलचित्र निर्माणको लागि चमत्कारिक कथा चाहिँदैन।

'इजरायलमा चलचित्र निर्माणमा टेलिभिजन च्यानलले पनि सहयोग गरेको उनको भनाइ थियो।'चलचित्र भनेको व्यापार होइन संस्कृति हो।संस्कृति संरक्षण गर्ने उद्देश्यले चलचित्र बनाइयो भने असफल भइँदैन', उनको भनाइ थियो।


आफ्ना कतिपय चलचित्र आफ्नै वरिपरिका घटनाबाट निर्माण भएको उनले खुलाए।हालै सम्पन्न चौथो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवको निर्णायक बन्न आएका वुल्म्यानले नेपाल फिल्म सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कला, संस्कृति, सुन्दरता र विविधताको कारण नेपाल चलचित्र निर्माणको लागि उर्वर भएको बताए।

नेपाल फिल्म सोसाइटी र इजरायली दूतावासले असार ९ गतेदेखि आयोजना गर्न लागेको १० औं इजरायली चलचित्र महोत्सवमा वुल्मानका दुईवटा चलचित्र प्रदर्शन हुँदैछ।यीमध्ये एक 'फरेन सिस्टर' इजरायलमा काम गरिरहेका नेपाली कामदारको विषयमा आधारित छ।

'नेपाली केयर गिभर इजरायलमा लोकप्रिय छन्', उनले भने, 'आफ्नो वरिपरि भेटेका यी केयर गिभरको कथामा चलचित्र बनाएको हो।' उनको अर्को चलचित्र 'द डिस्टेन्स' मा बालबालिका र अभिभावकबीचका दूरीलाई कथा बनाइएको छ।

पत्रकार सम्मेलनम दिइएको जानकारीअनुसार दुई दिनसम्म चल्ने महोत्सवमा ६ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन हुँदैछन्।महोत्सवमा प्रदर्शन हुने चलचित्र 'गोर्खाज् डटर इन् इजरायल' पनि नेपाली केयरगिभरकै कथामा आधारित रहेको इजरायली दूतावासका सञ्चार अधिकृत केशव श्रेष्ठले जानकारी दिए।

इजरायलको ६८ औं स्वतन्त्रता दिवसको अवसर पारेर अयोजना हुने लागेको महोत्सवले संस्कृति आदानप्रदान गर्ने तथा यहुदी परम्परा बुझ्ने अवसर प्रदान गर्ने आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।

महोत्सवले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने मल्लको भनाइ थियो।महोत्सवमा प्रदर्शन हुने अन्य चलचित्रमा 'डल्फिन ब्वाई', 'फिल द भोइड', 'ब्यान्डस् भिजिट' लगायत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.