१६ वर्षपछि 'दर्पणछाया'को सिक्वेल

१६ वर्षपछि 'दर्पणछाया'को सिक्वेल


काठमाडौं: तुलसी घिमिरे निर्देशित सफल चलचित्र 'दर्पणछाया' को सिक्वेल बन्ने भएको छ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्रको सिक्वेल बन्ने घोषणा गरिएको हो। नयाँ चलचित्रका शीर्ष कलाकार पनि नयाँ छन्।

यसमा मोडल पुष्प खड्का र अभिनेत्रीहरू सहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका रहने बताइएको छ। शंखध्वनि र स्वस्तिवाचनसहित सुरु भएको चलचित्र घोषणा कार्यक्रममा कलाकारले 'दर्पणछाया' को 'लहनाले जुरायो कि' र 'दर्पणछाया २'मा समावेश 'दर्पणछाया कति राम्रो' बोलको गीतमा नृत्य गरेका थिए।

तुलसी घिमिरेकै निर्देशनमा बन्ने 'दर्पणछाया २' को प्रस्तुतकर्ता लोप्साङ लामा एवं निर्माता सबु कार्की र रवि कार्की छन्। निर्देशक घिमिरेले 'दर्पणछाया २' पुरानो चलचित्रको सिक्वेल नभएको दाबी गरेका छन्। कार्यक्रममा उनले भने, 'पहिले र अहिलेको समय र पात्र बदलिएका छन्।


नाम सापटी लिए पनि सिक्वेल भन्न मिल्दैन।' नेपाली चलचित्र उद्योगका सर्जकको बारेमा चलचित्रमा कथा रहने उनले बताए। 'सर्जकले छोडेर गएको छायामा धुलो लाग्छ,' उनले भने, 'धुलो सफा गर्ने कि बिगार्ने भन्ने बारेमा चलचित्र घुम्नेछ।' चलचित्रका अन्य कलाकारमा सरोज खनाल, बीएस राना, सुमन घिमिरे, जीवन आचार्य, असीम शेर्पालगायत छन्।

१६ वर्षअघि बनेको 'दर्पणछाया' मा निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधान मुख्य कलाकार थिए। यसपटक ती कलाकारलाई अतिथि भूमिकामा अभिनय गराउने चाहना भए पनि उनीहरूको व्यस्तताले सम्भव नभएको घिमिरेले बताए। चलचित्रको छायांकन बिहीबारदेखि सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.