'जीवन भयबाट सञ्चालित छ'

 'जीवन भयबाट सञ्चालित छ'

काठमाडौं: १९ वर्षदेखि भयवादको नयाँ सिद्धान्तमा काम गर्दै आएका हङकङवासी नेपाली नागरिक देश सुब्बा बुधबार काठमाडौंका श्रोतामाझ प्रस्तुत भएका छन्।

विमर्श युथ फाउन्डेसन र चैतन्य इन्स्टिच्युट अफ मेनेज्मेन्टले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनी प्रस्तुत भएका हुन्। कार्यक्रममा समालोचक राजकुमार बरालले सुब्बाबारे परिचयात्मक टिप्पणी गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि विश्वभरि मान्यता पाउँदै गएकोमा खुसी व्यक्त गरे। अमेरिका, क्यानडा र भारतबाट पुरस्कारसमेत पाएकोमा खुसी व्यक्त गर्दै चिन्तनले नेपाली पाठकमाझ पनि लोकप्रियता पाउँदै गरेको सुब्बाले दाबी गरे।


सुब्बाले भने, 'स्थापित मान्यताहरूभन्दा फरक केही नयाँ आएपछि त्यो स्वीकृति हुन समय त लाग्छ, तर तर्क सटिक छ भने त्यो स्थापित भएरै छोड्छ।' उनले मानव जीवन सम्पूर्णतामा भयबाट सञ्चालित छ भन्दा सुरुमा आश्चर्य लाग्नु स्वाभाविकै भए पनि सोच्दै जाँदा यस कुरामा सत्यता स्थापित हुने बताए।

चार उपन्याससमेत लेखेका र एक धर्के कविता आन्दोलन सुरु गरेका सुब्बा दुई दशकदेखि यसै चिन्तनमा निरन्तर काम गर्दै आएका छन्।कार्यक्रममा बोल्दै चैतत्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले नेपालका छोराले विश्वलाई यति महत्वपूर्ण सिद्धान्त दिनु गौरवको कुरा भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.