लोकमानविरुद्धको महाअभियोग प्रस्तावबारे माओवादीले कांग्रेससँग छलफल गर्ने

लोकमानविरुद्धको महाअभियोग प्रस्तावबारे माओवादीले कांग्रेससँग छलफल गर्ने

काठमाडौंः नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा समर्थन जुटाउन सत्ता साझेदार दल कांग्रेससँग छलफल गर्ने भएको छ।

बिहीबार बिहान निजी निवास लाजिम्पाटमा बसेको केन्द्रको कार्यालय बैठकले संसदमा पेश भएको कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे प्रमुख सत्ता साझेदार दल कांग्रेससँग छलफल गरेर आवश्यक निर्णय लिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ। बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता भुसालले भनिन्,‘आजको बैठकमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनु भयो। चीन, भारत, भुटान, श्रीलंका लगायतका देशका राष्ट्र तथा सरकार प्रमूखहरुसँगको भेटबारे प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनु भयो। सबैसँग भएका छलफल र भेटबार्ता निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ।’

प्रवक्ता भुसालका अनुसार नेपाल बिमस्टेकको अध्यक्ष हुनुको नाताले पनि अन्तर्राष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी प्रधानमन्त्रीले दिएका थिए। बैठकले नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भएपनि नेपालका लागि सुखद् संयोग र महत्वपूर्ण अवसर भएको निष्कर्ष निकालेको उनले बताइन्।

बैठकले त्रीदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दुरगामी महत्वको भन्दै समग्रमा प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको भुसालले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.