सपना देख्नु नराम्रो होइन

सपना देख्नु नराम्रो होइन

कविता 

सपना देख्नु
भ्रम होइन
सपना देख्नु
भूल होइन
सपना देख्नु
ख्याल ठट्टा पनि होइन
सपना त
दूर द्रष्टाहरूले देख्छन्
सपना त
सचेत स्रष्टाहरूले देख्छन्
क्रान्तिको झिल्का फुक्न सक्ने
जिब्राहरूले देख्छन्
रूपान्तरणको बीज रोप्न सक्ने
कर्मठ हातहरूले देख्छन्
सपना
नयाँ सम्भावनाको तानाबाना
बुन्न सक्ने जुझारु मस्तिष्कहरूले देख्छन्
हरेक आविष्कार गर्नुभन्दा पहिला
देख्ने त सपनानैं हो
हिँड्दा हिँड्दै पाइतालामा
गिर्खाले घोचेपछि
काँडाले बिझेपछि
जुत्ताको सपना देख्यो होला
हिउँदमा तुसारोले तालु दुखेपछि
गृष्ममा घामले तालु पोलेपछि
टोपीको सपना देख्यो होला
आधा मरिसकेको शरीरमा
मुटुको धड्कन चलेपछि
देखिन्छ सपना
बलेका आँखाहरूले
बेथिति देखेपछि
देखिन्छ सपना
ती सपनाहरूसँग डराउनु तिमी
सपना मुर्दाहरूले देख्दैननसपना ढुंगाले पनि देख्दैन
जिउँदाहरूले मात्र देख्छन् सपना
सुमधुर भन्दै
छलकपटको धुन बजेको सुनेपछि
देखिन्छ सपना
ठूला माछाहरूले लखेटेर खान खोजेपछि
पीडित जिउँदा भुराहरूले
देख्छन् सपना
मात्र सपना देख्नु
हातगोडा बाँधेर बस्नु
त्यो खतरनाक हुन्छ
भोको पेटलाई सपनामात्र बाँड्नु
त्यो पनि अपराध हुन्छ
सपना देखाएर विपनालाई
दलदलमा गाड्नु
त्यो झन् महाअपराध हुन्छ
सपना देख्नु नराम्रो होइन
ती सपनाहरूसँग सतर्क हुनु
जुन सपना भोका पेटहरूले देख्छनजुन सपना नांगा आङहरूले देख्छनजुन सपना आकाश ओढेर सुत्ने
ती छानाविहीन पीडितहरूले देख्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.