एमालेले सबै दलसँग छलफल गर्ने 

एमालेले सबै दलसँग छलफल गर्ने 

काठमाडौः प्रमुख प्रतिपक्षी एमालेले समयसीमाभित्रै निर्वाचन गर्नका लागि सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले समयसीमाभित्र निर्वाचन नभए संवैधानिक संकट आउने भन्दै अविलम्ब निर्वाचन गर्न सरकारसँग माग गरेको छ । ‘बैठकले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न र त्यसका लागि आवश्यक कानुनी तथा राजनीतिक वातावरण मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ’, बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।

बैठकले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको मेची-महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको छ ।

अभियान सफल पार्न बैठकले पार्टी कार्यकर्ता, मातहत कमिटी, जनसंगठन र आमसमुदायलाई अपिल गर्दै सबै नेतालाई अनिवार्य सहभागी हुन निर्देशन दिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पुर्‍याउन भएका तालाबन्दीप्रति एमालेले गम्भीर चिन्ता प्रकट गरेको छ । मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षड्यन्त्रस्वरूप यस्ता क्रियाकलाप भएको ठहर गर्दै पार्टीले ती निर्वाचनका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराएको छ ।

समयसीमाभित्र निर्वाचन नभए संवैधानिक संकट आउने भएकाले अविलम्ब निर्वाचन घोषणा गर्न माग ।

बैठकले पोलिटब्युरो बैठकका एजेन्डा तय गरेको छ । पोलिटब्युरो बैठक बुधबारदेखि बस्दै छ । बैठकको सुरुमै अध्यक्ष ओलीले निर्वाचन नगर्न अनेक बहाना खोजिएको भन्दै यसका लागि आवश्यक परे पार्टीले दबाबमूलक अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेको स्रोतले बतायो । उनले संविधान संशोधन प्रस्ताव असफल हुने भए छलफलका लागि संसद्मा ल्याउन दिनुपर्ने प्रस्ताव बैठकमा गरेका छन् । यस विषयमा बुधबारदेखि हुने पोलिटब्युरोको बैठकमा छलफल हुने भएको छ ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी मोर्चालगायतसँग भएको कुराकानीका विषयमा पनि जानकारी गराएका थिए । उनले अहिले मुलुकमा अतिवादी र विखण्डनकारी शक्ति हावी रहेको भन्दै निर्वाचनले मात्र त्यसलाई परास्त गर्नसक्ने धारणा राखेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.