मोर्चाद्वारा तोडफोड र आगजनी

मोर्चाद्वारा तोडफोड र आगजनी

राजविराजः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले राजविराज ९ स्थित निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा. कामानन्द देवको लिटिल फ्लावर सेकेन्डरी स्कुल र व्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु झाको सम्पर्क कार्यालयमा बुधबार तोडफोड गरेका छन् ।

मोटरसाइकल जुलुससहित निस्किएका आक्रोशित मोर्चाका कार्यकर्ताले यादवको घरमा ढुंगामुढा गरे भने देवको कार्यालयको सिसा फुटाएर भाइस प्रिन्सिपललाई कुटपिट गरेका छन् । उनीहरूले सांसद झाको राजदेवी चोकमा रहेको सम्पर्क कार्यालयमा तोडफोड गर्दै कागजपत्रमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुंगामुढा गरी सिसा फुटाउनुका साथै घरबाहिर रहेका फर्निचर सडकमा ल्याई आगजनी गरेका छन् ।

यसैगरी राजविराज ५ मदननगरस्थित एमाले जिल्ला पार्टी कार्यालयको झन्डा निकालेर आगजनी गर्नुका साथै जिल्ला निर्वाचन कार्यालयको बोर्ड र सिसा तोडफोड गरेका छन् । कार्यालय बन्दले सेवाग्राही मर्कामासंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार पनि सप्तरीका शिक्षण संस्था, बजार, बैंक, वित्तीय संस्था, उद्योग, व्यवसाय र कार्यालय बन्द रहेको छ । मोटरसाइकलबाहेक लामो तथा छोटो दूरीका यातायातका साधन पूर्णतया बन्द रहे । बन्दले सर्वसाधारण तथा सेवाग्राही मारमा परेका छन् ।

मोर्चाका कार्यकर्ताले सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न बजार र चोकमा बिहानैदेखि टायर बालेर प्रदर्शन गर्नुका साथै सरकार र स्थानीय प्रशासनको विरोधमा चर्को नाराबाजी गरे । मोर्चाले एमालेका समर्थकलाई सप्तरीमा सामाजिक बहिष्कार गर्न आह्वान गर्दै घरमा ढुंगामुढा गर्न थालेपछि परिचित नेताहरूले राजविराज बजार छोडेका छन् । घाइते मेहताको मृत्युराजविराज ः सप्तरीमा भएको झडपमा गोली लागी घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय वीरेन्द्र मेहताको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

एमालेको मेची-महाकाली अभियानअन्र्तगत सोमबार सप्तरीको बसबिट्टी ५ मा भएको झडपमा प्रहरीको गोली लागी घाइते मेहताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । मृत्युको खबरपछि उनकी पत्नी रञ्जना मेहता र सासू द्रोपतीदेवी मेहता बेहोस भएका छन् । उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । माओवादी द्वन्द्वकालमा प्रहरीको जागिर छाडेका मेहता मलेठ गाविस-२ स्थित ससुराली घरमा बसेर कृषि व्यवसाय गर्थे ।

उनका नाबालक तीन छोरी र एक छोरा छन् । प्रहरीसँगको झडपका क्रममा गोली लागेर मलेठ २ का २२ वर्षीय सञ्जन मेहता, मलेठ ४ का ५० वर्षीय पिताम्बर मण्डल र प्रसवनी ४ घर भई राजविराज ९ बस्ने डिमन स्वास्थ्य चौकीका अहेव ४० वर्षीय आनन्द साहको सोमबार नै मृत्यु भएको थियो ।

ट्रकमा तोडफोड


भैरहवाः मधेस बन्दको अवेज्ञा गरेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताले बुधबार दिउँसो भैरहवा-लुम्बिनी औद्योगिक कारिडोरमा दुईवटा ट्रक तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

आक्रोशित आन्दोलनकारीले ना ३ ख ९०३८ र ना ३ ख ६६९२ का दुईवटा ट्रकमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् । प्रहरीको गस्तीटोलीले ट्रक र चालकलाई सुरक्षा दिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए ।

एमाले कार्यकर्तालाई कालोमोसो

कलैयाः मोर्चाका कार्यकर्ताले बुधबार बाराको कलैयामा दुईजना एमाले कार्यकर्तालाई कालोमोसो दलेका छन् । कलैयास्थित भरतचोकनजिक एमाले पार्टी कार्यलय बाराका सचिव शंकर भट्टराई र कलैया नगर कमिटी सदस्य रामएकवाल पटेललाई मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका हुन् । बजारमा घुमिरहेका बेला मोर्चाका कार्यकर्ताले उनीहरूलाई कालोमोसो दलेका थिए ।

बन्दका कारण जनजीवन प्रभावित

तौलिहवाः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २ दिने बन्दका कारण कपिलवस्तुको जनजीवन पूर्ण प्रभावित भएको छ । सप्तरीमा प्रहरीको गोली प्रहारबाट ज्यान गएको विरोधमा आह्वान गरिएको बन्दका कारण सदरमुकाम तौलिहवालगायतका बजार क्षेत्रहरू पूर्ण रूपमा बन्द भएका छन् । मोर्चाका नेता कार्यकर्ताले बिहान सबेरैदेखि सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन गरेका छन् । बन्दकर्ताले सरकार र प्रमुख प्रतिपक्षी एमालेविरुद्ध चर्को नाराबाजी गरेका थिए । बन्दका कारण बहादुरगन्ज, महाराजगन्ज, तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका बजार पूर्ण रूपमा बन्द भए । बन्दकर्ताले पूर्वपश्चिम राजमार्ग, तौलिहवा लुम्बिनी, चन्द्रौटा कृष्णनगर, जितपुर तौलिहवा सडकखण्डमा यातायात सञ्चालन हुन दिएनन् ।

आन्दोलन सशक्त बनाउने थरुहटको निर्णय

बर्दियाः थरुहटका सबै शक्तिलाई मोर्चामा गोलबन्द गर्दै थरुहट आन्दोलनलाई सशक्त एवं प्रतिरोधात्मक बनाउने थरुहट तराई पार्टी नेपालले निर्णय गरेको छ । सरकारले थारूको सवाल र मागलाई बेवास्ता गरेको भन्दै थरुहट तराई पार्टी नेपाल केन्द्रीय सचिवालय बर्दियाको राजापुरमा बसेको बैठकले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनमा उत्रने निर्णय गरेको हो ।

पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले टीकापुर घटनामा निराधार झुटा मुद्दा लगाई फसाइएका राजबन्दीलाई हालसम्म पनि रिहाइ नगरेको, क्षतिपूर्ति, औषधोपचारको रकम नदिई हालसम्म पनि सहिद घोषणा नगरी निरंकुश एवं दमनकारी शैली प्रस्तुत गरेको आरोप लगाएको छ ।‘थारूको माग, मुद्दा तथा सवाललाई सम्बोधन नगरेको अवस्थामा सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नभएकाले थरुहट तराई पार्टीले सरकारलाई दिएको साथ समर्थन फिर्ता लिएको छ', पार्टीका सचिव मीनराज चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.