ट्रकले ठक्कर दिँदा स्कुटरकी युवतीको घटनास्थलमै मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटरकी युवतीको घटनास्थलमै मृत्यु

काठमाडौः  गएराति स्वयम्भू नजिक ठाडो भर्‍याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ ।

भिरबाट खस्दा एकको मृत्यु


पाल्पाः यसैबीच पाल्पाको छहरा रैनादेवी गाउँपालिका-४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ ।  मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताउनुभयो । रासस
रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.