भारतले सीमा मिचेको सरकार किन देख्दैन ?

भारतले सीमा मिचेको सरकार किन देख्दैन ?

काठमाडौ : एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भुभाग भारतले मिचेको तथ्यसहितको प्रतिवेदन सार्वजनिक गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (कान्तिक्रारी)ले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। प्रतिवेदनमा जंगेपिलर ३९१, ३९२ र ३९३ सम्मको करिब ४ किलोमिटर क्षेत्रमा ५० विघा भन्दा बढी नेपाली भूमी भारतले अतिक्रमण गरेको उल्लेख गरिएको छ। स्थानीयवासीले फुटबल, क्रिकेट खेल्ने मैदानसमेत मिचेर भारततर्फ परेको प्रतिवेदनमा जनाइएको छ।

सरकारी पक्षले एक इन्च सीमा नमिचिएको दाबी गरिरहेको अवस्थामा विद्यार्थी संगठनले तथ्यसहित नेपाली भूमी मिचिएको प्रतिवेदन तयार परेर प्रधामन्त्रीलाई बुझाएका हुन्। प्रतिवेदनमा भनिएको छ, 'जग्गाधनी पूर्जा, नागरिकताको प्रमाण पत्रलगायतका प्रमाणित तथ्यका आधारमा नेपाली भूमी भारतमा परेको स्पष्ट हुन्छ। वीरगञ्ज महानगरपालिका वडा नं १, छपकैयामा नेपाली जनताले वर्षौंदेखि हकभोग गरी आएको, नेपाल सरकारले दिएको लालपूर्जा र तिरो तिरेको रसिदसमेत भएको कैयौँ विघा नेपाली भूमी भारततिर पर्ने गरी नयाँ नयाँ सीमा स्तम्भ गाड्न सुरु गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालले बिजोडी र भारतले जोडी मुख्य स्तम्भ (जंगे पिलर) बनाउने सहमति भएपनि भारतले मुख्य स्तम्भ नबनाएर सहायक स्तम्भ बनाउन काम गरेको छ। नेपालले मुख्य स्तम्भ ३९१ बनाइसकेको छ तर भारतले ३९२ नम्बरको स्तम्भ नबनाई सहायक स्तम्भ बनाइरहेको छ। नेपाल भारतको सीमानामा ९१६ मुख्य स्थल र ८५५३ सहायक स्तम्भ छन्। भारतले बनाउने भनेको ३९२ नम्बरको मुख्य स्तम्भको ६ नम्बर सहायक स्तम्भ स्थानीयवासी रविन्द्र महतोको कित्ता नम्बर १४ को जग्गमा पर्न गएको छ। भारतले बनाएको पिलरले सिर्सिया नदीपारी रहेको कित्ता नम्बर १, २ र ३ लाई झनै रातारात भारतीय भूमीको रूपमा कायम गरिएको प्रतिवेदनमा उल्लेख छ।

क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले नेपाल पक्षको लापरवाहीले नेपाली भूमी भारतमा परेको बताए। उनले सीमाना निर्धारणको तयार पारिएको ‘स्ट्रिप म्याप’ नै गतल रहेका बताए। अध्यक्ष तामाङका अनुसार स्थानियको लालपुर्जा, तिरो तिरेको रसिद, उनीहरुले लगाएका बोटविरुवा लगायत कारणले नेपाली भुमी भारतमा परेको पाइएको छ। उता भारतले दजगजालाई उपयोग गरिरहेको पाइएको उनले बताए। दसगजा क्षेत्रमा भारतीय पक्षले दसगजाको नियमलाई लत्याउँदै सरकारी भवन निर्माण गरेको देखिनुले पनि भारतीय पक्षको मिचाहपनलाई उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। स्तम्भ गाड्ने सन्दर्भमा नेपाली भूमी मिचिएपछि स्थानीय नेपालीले अवरोध गर्दा भारतीय एसएसबी हतियारसहित आएर नेपालीमाथि अत्याचार गर्ने गरेको स्थानीयको भनाइलाई उधृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘स्ट्रिप म्याप’ पुनरावलोकन गर्न माग

नेपाल भारतको संयुक्त प्राविधिक समिति (जेटीसी) ले सीमा व्यवस्थापनको लागि बनाएको ‘स्ट्रिप म्याप’को पुनरावलोकन गर्नु पर्ने माग विद्यार्थी संगठनको रहेको छ। ‘स्ट्रिप म्याप’ को कारण नै भारतले नेपाली सीमा मिच्ने काम गरिरहेको विद्यार्थी संगठनको निष्कर्ष छ। ‘स्ट्रिप म्याप’ पुनरावलोकन गर्दा पुरानो मुख्य (जंगे पिलर), ऐतिहासिक मान्यता र स्थानीयवासीको भोगचलनलगायत प्रमाणलाई आधार बनाएर अगाडि बढाउन माग गरिएको छ।

सुगौली सन्धी ताकाको नदी सिमानालाई मुख्य आधार मानेर बनाइएको भनिएको ’स्ट्रिप म्याप’ पनि नेपाल पक्षसँग चुकेको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष तामाङ बताउँछन्। प्रतिवेदनमा ‘स्ट्रिप म्याप’ तयार गर्दा सिमा क्षेत्रको कतिपय ऐतिहासिक पक्षलाई रिफ्रेन्सको रूपमा नलिनु समस्याको कारण भएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ : ३९२ मुख्य स्तम्भलाई उत्तर बनाउदै करिब १०० मिटर पूर्व गएर नेपाली भूभागतिर बहने गरेको सिर्सिया नदी र त्यही खण्डमा हिन्दू धर्मवलम्बीले उत्तरायण नुहाउने गरेको ऐतिहासिक मान्यता थियो र केही वर्ष अगावैको बाढीले धार परिवर्तन गर्दा नदी पारी गएको नेपाली भूमीलाई पारी नै छोडिदिने गरी सिमाङ्कन भएको पाइयो।

सुगौली सन्धी ताकाको नदी सिमानाको आधारमा सिमांकन कायम रहेको दाबी गर्ने नेपाली प्राविधिक टोलीले भारतीय पक्षको योजनामा फसेको प्रष्ट भएको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा नेपाली टोलीको निरीहता एवं भारतीय पक्षको योजना मुताविक सिमांकन कार्य बढेको पाइएको छ। सीमा नदी तटबन्धनमा पनि भारतीय पक्ष बलियो ठहरिनु र फलस्वरूप नेपाली भूमि कटान नरोकिनुको साटो बढ्दै जानुले पनि नेपाली भूमी मिचिनुमा सहायक भूमिका खेलेको देखिन्छ। तटबन्धनको लागि आएको बजेट पनि कागजमै तयार गरेर खाने र भारतीय पक्षलाई रिझाउने सँस्कृतिका भारतलाई नेपाली भुमी अतिक्रमण गर्न सजिलो भएको प्रतिवदनमा उल्लेख गरिएको छ।

दुई देशको नापीका महानिर्देशक रहेको प्राविधिक टोलीले सन २००७ मा तयार गरेको ‘स्ट्रिप म्याप’ दुई देशको प्रमुख स्तरमा अर्थात् राजनीतिक स्तरमा हस्ताक्षर नहुदै सिमाङक्नको कार्य अगाडि बढाउनु, नेपालीको हजारौँ हेक्टर भूमी मिचिएको सुस्ता र कालापानीको बिषयलाई थाँती राखेर भारतको प्रभावमा परेर अगाडि बढ्नुले नेपाली राष्ट्रियताको रक्षाको बिषयमा गम्भीर प्रश्न खडा गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि नै विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पत्रकार सम्मेलन गरेर सुगौली सन्धिअनुसार नदीलाई स्थिर सिमाना मान्दा भूमीमा तलमाथि भए पनि भारतले मिचेको भन्ने ‘हल्ला मात्रै भएको’ दाबी गरेका छन्। दस्तावेज मानिएको नक्सालाई आधार बनाएर काम गर्दा सीमा नदी परिवर्तन भएकाले केही भूमी नेपालतर्फ र केही भारततर्फ परेको भट्टले बताएका छन्।

विद्यार्थी नेतालाई देउवाले भने : नेपालको भूमि एक इन्च पनि मिच्‍न दिन्‍न


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.