माछा मार्न ब्लास्टिङ बनाउँदा मृत्यु
इलाम : माछा मार्न घरेलु प्रविधिबाट ब्लास्टिङ बनाउने क्रममा इलाम नगरपालिकाको गोलाखर्कमा एक युवाको मृत्युु भएको छ ।
इलाम नगरपालिका ९ पुवाजुङ घर भइ भन्ज्याङमा पसल गर्ने २९ वर्षका विकास राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
राईको शनिवार घटना स्थलमै मृत्यु भएको हो । घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको प्रहरीको भनाइ छ ।
राईले यस अघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको छ । माछा मार्न ब्लाष्टिङ बनाउने क्रममा विष्फोट भएर मृत्युु भएको प्रहरीको अनुमान छ ।
जिआई पाइपको टुक्रामा बारूज खादेर ब्लाष्टिङ बनाउने क्रममा विस्फोट हुदा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए ।