कस्तो जिन्दगी जिउन चाहनुहुन्छ ?

कस्तो जिन्दगी जिउन चाहनुहुन्छ ?

आ–आफ्नो तरिकाले व्यस्त हुने भए पनि काम गर्न हामी सबैसँग उही मात्रामा समय छ। कामका लागि हरेकसँग दैनिक २४ घण्टा छ। केही मान्छेसँग बढी जिम्मेवारी हुन्छ, तै पनि उनीहरूसँग अन्य कामहरू गर्न समय बाँकी नै हुन्छ। उनीहरू काम गर्छन्, सफल हुन्छन्। यहाँ केही टिप्सहरू दिइएको छ, जसलाई उत्पादक र सिर्जनशील मान्छेहरूले सफलताका लागि प्रयोग गर्छन्–

महत्वपूर्ण काम छुट्याउनुहोस्–

आफूले तत्काल गरिहाल्नुपर्ने महत्वपूर्ण कामहरू के–के हुन्, छुट्याउनुहोस्। यसले तपाईंको व्यक्तिगत जिन्दगीका साथसाथै व्यावसायिक जिन्दगीलाई उकास्न पनि मद्दत पुर्‍याउँछ। यदि गर्न थालेको कामले तपाईंको अफिस र तपाईंलाई समेत फाइदा पुर्‍याउँछ भने बिदाको दिन/अफिसबाहेकको समयमा पनि त्यही काममा लाग्नुहोस्। कामको प्रकृति छुट्याएर महत्वका आधारमा एकपछि अर्को काम गर्दा त्यसले तपाईंको लक्ष्यमा पुग्नसमेत सहयोग पुर्‍याउँछ।

कुशल र प्रभावकारिता बीचको फरक बुझ्नुहोस्– कुशल हुनु र प्रभावकारी हुनु फरक कुरा हुन्। यो दुवै महत्वपूर्ण छ। तर, तपाईंले आफ्नो काममा कसरी प्रभावकारी हुने र आफ्नो समयप्रति कसरी कौशल बन्ने भनेर चाहिँ बुझ्नुपर्छ। आफूले गरिरहेको कामलाई ध्यान दिने हो भने त्यसले तपाईंलाई प्रभावकारी बनाउँछ। किनकि कुशलतापूर्वक सफलता पाउने यो एउटा तरिका हो।

ठूला समस्याहरू समाधान गर्नेतिर ध्यान दिनुहोस्–

जिन्दगीमा मान्छेहरूले ठूल्ठूला समस्याहरूसँग जुधिरहेका हुन्छन्। त्यस्ता समस्या समाधान गर्ने अवसर पाइरहेका हुन्छन्। जति भयंकर समस्याहरू समाधान गर्नुहुन्छ, उति तपाईंमा साहस बढ्दै जान्छ। तपाईं आत्मविश्वासी बन्दै जानुहुन्छ। ध्यान दिनुहोस्, जब तपार्इंको व्यक्तिगत र व्यावसायिक जिन्दगीमा समस्याहरू देखा पर्छ, तपाईंको सफलतामा यसले असर पुर्‍याउन सक्छ।

सकारात्मक कुराहरू आउनुपर्छ–

जो मान्छे सफलताको शिखर चुम्न चाहन्छ, ऊ हरहमेसा सकारात्मक हुनुपर्छ। ध्यान दिनुहोस्, आफ्नो दिमागमा ज्ञानगुन र सकारात्मक कुराहरू मात्र खेलाउनुहोस्। शैक्षिक सामग्रीहरू सुन्नुहोस्। विशेषगरी बिहानको समयमा नकारात्मक हुनबाट जोगियौं भने त्यसले हामीलाई बढी उत्पादक बनाउन मद्दत गर्छ। यदि तपाईंलाई कुनै विषयमाथि जान्ने मन छ भने त्यस सम्बन्धमा लेखिएका पुस्तकहरू पढ्नुहोस्। ढुक्क हुनुहोस्, म दिमागमा नकारात्मक कुराहरू खेलाउँदिनँ।

- रिचार्ड लोरेन्जन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.