बेवारिसे बम खेलाउँदा बालक गम्भीर घाइते
गाइघाट : सडकमा छाडेको बम खेलाउदा उदयपुरमा एक बालक गम्भीर घाइते भएका छन । घाइते हुनेमा त्रिनपा – १३ का मणिकुमार राईका १३ वर्षीया छोरा पारस राई रहेका छन। त्रिनपा नगरपालिका –१३ तरकारी बजार नजिक सडकमा बेवारिसे अबस्थामा छडिएको झोला खेलाउदा बम विस्फोट भई बालक घाईते भएको उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।
बालकको पेटमा र टाउकोमा बमको छर्रा लागेको प्रहरीले जनाएको छ । घाइते बच्चाको जिल्ला अस्पताल उदयपुरमा उपचार सम्भव नभएपछि बिराटनगर पठाइएको छ । घटनाको हालसम्म कुनै पक्षले जिम्मा लिएको छैन ।
बम कस्ले र किन रार्खिएको भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थल थारूहट रंगशालाको विवादित जग्गामा विष्फोट भएको हो ।